१ आश्विन २०८२, बुधबार
Follow Us

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७६, शनिबार ०६:३०

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले हिजो शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन्।

अध्यक्ष थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौं, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौं ।’ अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको छ भने ।

कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उहाँकी पत्नी तारालाई राप्रपा प्रवेश गराए ।

धेरै पढिएको