१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यौन सम्बन्धमा कण्डम प्रयोग नगर्दा बेलायतमा एक जना माथि बलात्कारको मुद्दा

नेपालब्रिटेन डट कम्
४ माघ २०७६, शनिबार २०:४९

लन्डन । आफूसँग सम्बन्धमा रहेकी एक महिलासँग शारीरिक सम्बन्धका क्रममा कण्डम प्रयोग नगरेपछि एक डाक्टरलाई बलात्कारको मुद्दा लागेको छ । यसअघि आरोप लागेपछि डाक्टरलाई गिरफ्तार गरी अदालतमा मुद्दा चलाइएको हो । ४० वर्षका डाक्टर म्याथ्यु सिवेलमाथि मुद्दा लागेको हो ।

विश्वका कैयौं देशका पार्टनरको इच्छा विपरित वा झुट बोलेर यौन सम्बन्धको क्रममा कण्डम हटाइएमा यसलाई बलात्कार मानिन्छ । अदालतले यसलाई सहमतिको उल्लंघन मान्छ । द सनको रिपोर्ट अनुसार बेलायतको ट्वीकनहमका डाक्टर म्याथ्यु मिड्लसब्रगको सरकारी अस्पतालमा काम गर्थे । सरकारी वकिलले अदालतमा बताएअनुसार पीडितलाई यौनको क्रममा डाक्टरले कण्डम प्रयोग गरेका छन् भन्ने लागेको थियो ।

पीडिका अनुसार यदि उनलाई म्याथ्युले कण्डम प्रयोग गरेका छैनन् भन्ने थाहा भएको भए उनी यो सम्बन्धको लागि सहमत हुने थिइनन् । त्यसैले म्याथ्युले पीडितलाई बलात्कार गरेको ठहर हुने सरकारी वकिलको दावी छ । यद्यपि म्याथ्युले आरोप अस्वीकार गरेका छन् । उनले सहमतिमै सम्बन्ध बनेको दावी गरेका छन् । यो मुद्दामा सुनुवाइ जारी रहनेछ ।