३१ बैशाख २०८१, सोमबार
Follow Us

सहमति कार्यान्वयन भएन, ऊखु किसान पुनः आन्दोलनमा

नेपालब्रिटेन संवाददाता
८ माघ २०७६, बुधबार ०४:४९

काठमाडौं । सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसानहरु फेरि आन्दोलनमा उत्रिने भएका छन् । सरकार र उखु किसानबीच माघ ७ गतेभित्र उखु बिक्री बापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो । सरकारले गरेको सहमति कार्यान्वयन नगरेकाले पुन सडक आन्दोलन गर्न लागेको उखु किसानले जानकारी दिएका छन् ।

उखु किसानले उद्योगबाट पाउनु पर्ने १ अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड मात्र भुक्तानी पाएका छन् । सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपुर्ण सुगर मिल धनकौलले ३५ करोड , श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको ईन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

सोमबारसम्म महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् । सरकारले दिनु पर्ने १ अर्ब ३४ करोड रुपैयाँ अनुदान रकम अहिलेसम्म उखु किसानले पाउन सकेका छैनन् ।