२६ बैशाख २०८१, बुधबार
Follow Us

सापकोटाविरुद्धको रिटमा आजै सुनुवाई

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७६, आईतवार ०४:३१

काठमाडौं । लामो समयदेखि रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि एक्ला उम्मेदवार नेकपाका सांसद अग्नी सापकोटा मैदानमा छन् । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटाको नाम प्रस्ताव गर्नेछन् भने समर्थकहरु पूर्वसभामुख ओनसरी घर्ती, नेकपा सचेतक देव गुरुङ र राजपाका नेता लक्ष्मण लाल कर्णले सापकोटाको उम्मेदवारी समर्थन गर्नेछन् ।

सापकोटाको एकमात्र उमेदवारीको प्रस्ताव रहेकाले निर्विरोध र्निाचित भएको घोषणा गरिनेछ । प्रतिनीधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालयले जनाएको छ । यसैबीच सर्वोच्च अदालतमा समेत उनलाई सभामुखमा चयन नगर्न अन्तरिम आदेशको माग गर्दै शुक्रबार रिट दर्ता भएको छ ।

रिटको सुनुवाइको पेशी आजैका लागि तोकिएको छ । सभामुख निर्वाचन सकिएपछि शिवमाया तुम्वाहाङ्फेको राजीनामापछि रिक्त भएको उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ ।