१८ बैशाख २०८१, मंगलवार
Follow Us

सभामुख सापकोटाको विरोधमा प्रदर्शन गर्ने १० मानवअधिकारकर्मी पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०६:३४

काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण विरुद्ध विरोध प्रदर्शन गर्ने १० जना भन्दा बढी मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् । उनीहरुलाई राष्ट्रपति भवन शितल निवास अगाडि प्रदर्शन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । सभामुखमा निर्वाचित सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै मानवअधिकारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।