२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा केन्द्रीय कमिटी बैठक आजबाट

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७६, बुधबार ०४:२४

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजबाट सुुरु हुँदैछ । राष्ट्रियसभा गृहमा विहान ११ बजे बोलाइएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।

नेकपा सचिवालय बैठकले केन्द्रीय समिति बैठकका लागि सातवटा एजेण्डा तय गरेको छ । जसमध्ये पहिलो एजेण्डा सहीदहरुप्रति श्रद्धान्जली, दोश्रो प्रधानमन्त्रीको उदघाटन मन्तव्य दिने, तेश्रो दुवै अध्यक्षका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने, चौथो महासचिव विष्णु पौडेलले सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

त्यसैगरी पाचौं सातवटै प्रदेशका अध्यक्षले प्रदेशको पार्टी संगठनात्मक अवस्थामा केन्द्रीत रहेर रिपोर्ट पेश गर्नेछन भने छैटौं एजेण्डामा समसामयिक प्रस्ताव पेश गर्ने र सातौ विविध गरी ७ वटा एजेण्डा तयार पारिएको छ । नेकपाका ४४३ जना केन्द्रीय सदस्यहरु मध्येबाट एउटा समुहमा ३० जना समेटेर १६ वटा समूह बनाइने छ ।

समूहहरुकाबीच अन्तरक्रिया र छलफल राष्ट्रियसभा गृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा १६ गते सम्म हुने छ । १७ गते फेरी सबै समूह राष्ट्रियसभा गृहमा सामेल हुने छन् र समूह नेताहरुले पालैपालो २० मिनेट भित्रमा समूहको निष्कर्ष र सुझाव पेश गर्नेछन् ।