२८ बैशाख २०८१, शुक्रबार
Follow Us

रौतहटमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान

नेपालब्रिटेन डट कम्
१५ माघ २०७६, बुधबार ०४:२४

रौतहट – रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। गएराती इशनाथ नगरपालिका १ बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं. ४ का शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहत प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।

राति बाह्रबजेको समयमा प्रहरी गस्ति टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा गोली लागेको हो।