२२ बैशाख २०८१, शनिबार
Follow Us

२०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने नेकपाको प्रस्ताव

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७६, बुधबार ११:१२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी बर्षको चैत महिनामा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राजनीतिक प्रतिवेदन बैठकमा पेश गर्दै यस्तो प्रस्ताव गरिएको हो ।

बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्तावसहितको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका हुन् । महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको हो । आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गरी महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताइएको छ ।