२२ बैशाख २०८१, शनिबार
Follow Us

सडक दुर्घटनामा एक दम्पत्तिको मृत्यु

sarusaru
१६ माघ २०७६, बिहीबार ०१:५०

धनुषामा भएको सडक दुर्घटनामा परि एक दम्पत्तिको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवार दिउँसो जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा बोलेरो जिप र मोटरसाईल एक आफसमा ठोकिंदा स्थानीय अन्दाजी ४५ वर्षिय मोटरसाइकल चालक जोगेन्द्र साह र उनको ४० वर्षिया श्रीमती प्रमिलादेवी साहको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परि साहका ९ बर्षिय जोन साह सामान्य घाईते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको मोटरसाइकल विपरित दिशातर्फ जाँदै गरेको बोलेरो जिपसंग ठोक्किएपछि उक्त दुर्घटना भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।

मृतक दुबैको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएको उनले जानकारी दिए । बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिका