२५ बैशाख २०८१, मंगलवार
Follow Us

पर्यटन बोर्डका सीईओको पदबहाली

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७६, बिहीबार १०:३२

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा आज विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् ।

पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेख गरे । बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो ।

सीईओको कार्यकाल चार वर्ष हुनेछ । बोर्डको पदबहालीपछि छिट्टै बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार सम्झौता गर्नुहुने बोर्ड सचिवालयका सदस्य केबी शाहले जानकारी दिए ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।