२५ बैशाख २०८१, मंगलवार
Follow Us

बोरामा च्यापिएर चार जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ माघ २०७६, बिहीबार ०८:०७

रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ ।

बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवाली जनाकारी दिए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीम आफैले संकलन गरेर राखेको बोराले खसेपछि च्यापेको मृत्यु भएको हो ।