काठमाण्डौ– बाग्लुङ र पर्वत जोड्ने गरी निर्माण गरिएको एसियाकै नमूना बन्जी जम्पको परीक्षण सफल भएको छ ।
सञ्चालक राजु कार्कीले आफै बन्जीको उद्घाटन गरेका छन् । केही समय अघि पानीसहितको १०० किलोको ड्रम स्वीङ गरेर परीक्षण गरेको उक्त बन्जी आज कार्की आफै जम्प गरेर परीक्षण सफल भएको जनाएका छन् ।