१६ बैशाख २०८१, आईतवार
Follow Us

व्यवसायी उत्तम नेपालको ५ करोड सहयोगमा धादिङमा विद्यालय बन्यो

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार १६:०६

लण्डन । बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करीब ५ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन् ।
बेलायतमा सन् १९९१ देखि व्यवसाय गर्दै आएका व्यवसासी उत्तम नेपालले धादिङको कल्लेरीस्थित सरस्वती उच्च माध्यामिक विद्यालयको भवन निर्माण गरिदिएका हुन् ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा अत्याधुनिक विद्यालय भवन निर्माण गरिएको नेपालले जानकारी दिए ।

‘नेपालमा महाभूकम्प गएको बेला केही गर्छु भनेको थिएँ । धेरै ठूलो सहयोग गर्न नसके पनि साना वालबालिकाको उज्ज्वल भविष्यको लागि सानो सहयोग गाउँमा गरेको छु’, नेपालले भने ।

हाल ३ सय ८० जना विद्यार्थीको लागि क्षमता भएको विद्यालय भवन अबदेखि ५ सय भन्दा बढी क्षमताको रहने भएको छ ।
नयाँ विद्यालय भवनको उद्घाटन आगामी तीन महिनाभित्र गर्ने तयारी विद्यालय प्रसाशनले गरेको छ ।

विदेशमा बसेर दुःख गरेर जम्मा गरेको सानो हिस्सा आफ्नो मातृभूमिको लागि सहयोग गर्न पाउँदा खुसी लागेको नेपालले प्रतिक्रिया दिए ।
उनी बेलायतमा रहेका नेपाली मध्ये एक सफल व्यवसायीको रुपमा चिनिन्छन् । उनको उत्तम लण्डन भन्ने कपडाको ब्राण्ड विश्वबजारमा निकै लोकप्रिय छ ।