२ श्रावण २०८२, शुक्रबार
Follow Us

बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने पक्राउ

nepalbritain news
२० माघ २०७६, सोमबार ०३:२७

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

थापाले फिरौतीवापतको रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए ।

आइतबार दिउँसो मोटरसाइकलमा राखेर राउतलाई लगिएको सूचना प्राप्त भएलगत्तै खोजीमा प्रहरी परिचालित भएको थियो ।

उनलाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको प्रहरीले जनाएको छ । तर, बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले थापा बालिकालाई छाडेर भागेको बताइएको छ ।

जंगलमा रोएको देखेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिएका थिए ।
अनलाइनखबर

धेरै पढिएको