२० बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४ सय २५ पुग्यो

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७६, मंगलवार ०४:२२

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ । भाइरस संक्रमणवाट सोमबार थप ६४ जनाको मृत्यु भएको चिनिया स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनमा २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हुबेइ प्रान्तमा मात्र सोमबार थप २ हजार ३ सय ४५ जना कोरोना भाइरस संक्रमण भेटिएको छ । सो प्रान्तमा संक्रमितको संख्या १३ हजार नाघेको छ । चीनको स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा १० हजार ९ सय ९० संक्रमितहरुको उपचार भइरहेको छ ।

तिमध्ये ५ सय ७६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । चीनका सबै प्रान्तका कोरोना भाइरसको संक्रमण फैलिएको छ । साथै अमेरिका, जापान, अष्ट्रेलिया,फिलिपिन्स र नेपाल लगायत दुई दर्जनभन्दा बढी मुलुकमा संक्रमित फेला परेका छन् ।