१८ असार २०८१, सोमबार
Follow Us

सरकारबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्याउँछौं : प्रधानमन्त्री ओली

sarusaru
२२ माघ २०७६, बुधबार ०३:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गरेका छन्।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा ओलीले उक्त आग्रह गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले भने, ‘‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन । सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’

प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाकाबारेमा छलफल गरेका थिए । उनले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह पनि गरे । उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) हिउँदे अधिवेशनबाट पारित हुने सो अवसरमा बताएका थिए ।