९ कार्तिक २०८२, आईतवार
Follow Us

बस र माइक्रो ठोक्‍किँदा १९ घाइते

nepalbritain news
२२ माघ २०७६, बुधबार ०३:२८

दमौली : तनहुँको आँबुखैरेनीमा बस र माइक्रो ठोक्‍किँदा १९ जना घाइते भएका छन् । नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस र पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस ठोक्‍किँदा भएको दुर्घटनामा परी घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

घाइतेलाई आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा सामान्य उपचारपछि २ जनालाई काठमाडौं, १४ जनालाई भरतपुर पठाइएको छ । बाँकीको आँबुखैरेनीमा उपचार भइरहेको बताइएको छ।

दुर्घटनामा माइक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर गम्भीर घाइते भएका छन्।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको