७ जेष्ठ २०८१, सोमबार
Follow Us

लाल झण्डा ओढेपछि जुनसुकै खत माफ हुन्छ ?:पौडेल

sarusaru
२३ माघ २०७६, बिहीबार ०३:५२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरण १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले प्रश्न उठाएको छ।

गच्छदारलाई मुद्दा चलाएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जिएको बताएका छन्। ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’ भन्दै प्रश्न गरेका छन्।

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा राखेर गच्छदारलाई मुद्दा? भन्दै प्रश्न गरेका छन्।

अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।