७ जेष्ठ २०८१, सोमबार
Follow Us

महाभियोग प्रक्रियाबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई सफाई

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७६, बिहीबार ०४:१३

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाई पाएका छन् । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा भएको मतदानमा महाअभियोग प्रस्ताव अस्वीकृत भएको हो ।

मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन् । ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो । शक्तिको दुरूपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२ र अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३ पाए ।

उनीमाथि लागेको शक्तिको दुरूपयोगको पक्षमा ४८ र कंग्रेस अबरुद्धको पक्षमा ४७ मत परेको थियो । सिनेटमा डेमोक्रेट नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले उक्त सफाइलाई मूल्यहीन बताए ।

विपक्षी डेमोक्रेटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग अघि बढाएका थिए ।

अमेरिकी तल्लो सदनले भने डिसेम्बर १८ मा महाभियोग पारित गरेको थियो । राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए ।

अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन् । सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो ।