२० बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६२ पुग्यो

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७६, बिहीबार ०४:१५

लन्डन । कोरोना भाइरसको संक्रमणवाट चीनमा बुधबार एकै दिन ७३ जनाको मृत्यु भएको छ । योसँगै भाइरसको संक्रमणवाट चीनमा मृत्यु हुनेको संख्या ५ सय ६२ पुगेको छ । चीन बाहेक हङकङ र फिलिपिन्समा पनि एक–एक जनाको मृत्यु भएको छ ।

चीनमा मात्रै भाइरस संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ । एकैदिन ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । कोरोनाको सबैभन्दा बढी संक्रमण देखिएको हुबेईमा हालसम्म ५ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

सो प्रान्तमा बुधबारमात्रै २९ सय जनामा संक्रमण भेटिएको छ । हालसम्म हुबेईमा १९ हजार ६ सय ६५ जना संक्रमित भएका छन् । तिमध्ये ७ सय ६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

संक्रमणका कारण चीनमा ६ करोड मानिस घरभित्रै बस्न बाध्य भएका छन् । यो भाइरस २५ देशमा फैलिएको पुष्टि भइसकेको छ । चीनबाहेका देशमा ५ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।