१३ असार २०८१, बुधबार
Follow Us

कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो टिपर, दुईको मृत्यु

sarusaru
२३ माघ २०७६, बिहीबार ०४:२७

बुधबार राति कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार बल्खुबाट  स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर अन्डरपासमा ठोकिएका हुन्।

टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए।

उपचारका लागि उनीहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारको क्रममा राति पौने २ बजे उनीहरूको मृत्यु भएको हो।

मोटरसाइकललाई ठक्कर दिने टिपरको प्रहरीले खोजी गरिरहेको छ।

अँध्यारो हुने भएकाले राति अन्डरपासमा भएको सिसी क्यामेराले गाडीको नम्बर देख्न सकिन्न। क्यामेरामा हेर्दा टिपर  र मोटरसाइकल ठोकिएका देखिन्छन् तर टिपरको नम्बर खुल्दैन,’ निरीक्षक कार्कीले भने,‘हामी भागेको टिपर खोज्दैछौं।’