९ कार्तिक २०८२, आईतवार
Follow Us

फाइल सदर गर्ने तत्कालीन प्रधानमन्त्रीबारे अख्तियारले केही बोल्नुपर्दैन ? – गगन थापा

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७६, शुक्रबार १६:०४

चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई मुद्दा दायर नगर्नु न्यायसंगत नभएको जनाउनु भएको छ । नेता थापाले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्ने सर्तमा नेकपा शक्तिशाली नेता महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाडेको प्रति आपत्ति जनाए ।

सरकारी जग्गालाई व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा चलाउँदा अख्तियारले मन्त्रिपरिषद्वारा निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीमाथि मुद्दा नचलाउनुले सरकारको नियत स्पष्ट भएको बताउँदै उनले फाइल सदर गर्ने प्रधानमन्त्रीका बारेमा केही बोल्नुपर्दैन भन्ने प्रश्न सोध्नुभएको छ ।

त्यस्तै नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै उनीहरु प्रति मुद्दा दर्ता नहुनु न्यायपूर्ण नभएको दाबी गरे । प्रतिपक्षीलाई फसाउने र आफ्ना नेतालाई उक्साउने सरकारको नियत देखियो, उनले भने ।

नेपाली कांग्रेस कालिका नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जग्गा फिर्ता गरेर छोड्नु र चोरले सामान फिर्ता गरेर ईमान्दार छु भन्नु एकै भएको भन्दै व्यंग्य गरे ।

नेता थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गर्दै पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति समेत जनाए । भ्रष्ट्राचारजन्य कसुरमा जो कोही संलग्न भए पनि छाड्न नमिल्ने नेता थापाको भनाइ छ ।

धेरै पढिएको