४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

टुरिस्ट बनेर हेलिकोप्टरबाट कालापानी घुमे उपप्रधानमन्त्री पोखरेल

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७६, सोमबार ०५:२५

काठमाडौँ । कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ ।

सोमबार बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर बाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलले जानकारी दिए ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टर बाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले पुष्टी गरे ।