६ बैशाख २०८१, बिहीबार
Follow Us

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७६, बिहीबार ०९:३२

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्बजनिक भएपछि सुचना तथा सञ्चारमन्त्री
गोकुलप्रसाद बाँस्कोटाले राजीनामा गरेका छन् ।

आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि उनले राजीनामा दिने बताए पनि संसद चलि रहेको वेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अबरुद्ध गरेपछि सभामुख अग्नी सापकोटाले मन्त्रीले राजीनामा दिइसकेको जानकारी दिए ।

सार्वजनिक भएको अडियोका विषयमा भने सञ्चारमन्त्री बाँस्कोटाले नखाएको बिस नलाग्ने प्रतिकृया दिइसकेका थिए ।

यो अडियो सार्वजनिक भएपछि प्रतिपक्ष नेपाली काँग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको थियो भने
पूर्व माओवादी र कतिपय एमालेकै नेताहरुले पनि राजीनामा गर्नै पर्ने बताएका छन्।