१८ बैशाख २०८१, मंगलवार
Follow Us

नवीन पोखरेलले वीनेपाली डट कम छाडे

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार ०७:५६

लण्डन–बेलायतबाट संचालिन अनलाइन पोर्टल वीनेपाली डट कमका प्रधानसम्पादक नवीन पोखरेलले पद त्याग गरेका छन् ।

कान्तिपुर मिडियासंग आवद्ध रहेका पोखरेल सो अनलाइन पोर्टलका संस्थापक प्रधानसम्पादक हुन् । ‘केही समय आराम गर्ने उदेश्यले जिम्मेवारीबाट हट्ने तयारीमा छु’ पोखरेलले शुक्रवार बिहान नेपालब्रिटेन डट कमसंग पुष्टि गरे ।

कान्तिपुर दैनिकका बेलायत संवाददाता पोखरेल मुलधारको नेपाली पत्रकारितामा विगत डेढ दशकदेखि नियमित क्रियाशिल छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् । उनी कान्तिपुर टेलिभिजनमा पनि आबद्ध छन् ।

विशेष गरि मानवीय चासो र विकृति विसंगतिबारे रिर्पोटिङ गर्न चासो राख्ने पोखरेल आफ्नो व्यवसायिक दक्षता, मिलनसार र इमान्दारिताले बेलायतस्थित नेपाली समुदायमा स्वच्छ छवी बनाउन सफल पत्रकार मानिन्छन् ।