२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीलाई अपरेशन थिएटर

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७६, बुधबार ०६:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ । उनलाई केही बेर अघि मात्र अपरेशन थिएटरमा लगिएको अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन लागेकी उनकी भान्जी समीक्षा संग्रौलालाई पनि यसअघि नै अपरेशन थिएटर लगिसकिएको छ । प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीले गर्ने छन् ।