२९ बैशाख २०८१, शनिबार
Follow Us

वैदेशिक रोजगार बारे एनआरएनले छुट्टै धारणा सार्वजनिक गर्ने

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७६, बुधबार ०८:०६

काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएनए)ले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धी आधिकारिक धारणा पत्र बनाउने भएको छ ।

मंगलबार संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकमा वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी अघि बढ्ने निर्णय समेत भएको छ ।

बैठकमा विश्वव्यापी महामारी रुप लिन खोजिरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने भन्दै यसबारेमा सचेत रहन आग्रह गरियो । कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणा पत्र बनाउन लागेकोमा हार्दिक धन्यवाद प्रकट गर्दै आफ्ना धाराणाहरु राखेका थिए ।

उनीहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरे । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन अनुरोध पनि गरे ।

कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमशः डा. गणेश गुरुङ, सरकारका पूर्वसचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पण्डित, रामेश्वर नेपाल, गोविन्दमणी भूर्तेल लगायत महास