२९ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्ष पन्तद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७६, बुधबार १०:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
पन्तले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले गैरआवासीय नेपालीहरुलाई खुशी बनाएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीज्यूको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उनको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण गरिएको छ ।

शिघ्र स्वास्थय लाभको कामना

संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको आज त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले हामी लाई खुशी बनाएको छ । समस्त गैरआवासीय नेपाली संघ परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

सम्माननीय प्रधानमन्त्री श्री केपि शर्मा ओलीज्यूको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उहाँको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण समेत गर्दछौं ।

कुमार पन्त

अध्यक्ष

अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।

४ मार्च २०२०