२९ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनस्थित नेपाली दूतावास भवन मर्मत शुरु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७६, बुधबार १५:४४

लन्डन । लन्डनको मुटु केन्जिङटन प्यालेस गार्डेन्स्मा अवस्थित नेपाली दूतावास भवन मर्मत शुरु भएको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता राजदूत शरदराज आरनका अनुसार भवनको दायाँ र वायाँ रहेका पापइ (ड्रेन) बर्षै देखि मर्मत नभएका करण भवनभित्र पानी छिर्ने अवस्थामा पुगे पछि बुधवार देखी मर्मत गर्न लागिएको हो ।

यस अघि गतवर्ष दूतावास भवनको 
भुईंतला (अन्डरग्राउण्ड) राजदूत बस्ने आवास गृह, खसेको सिलिङ मर्मत एवं ढोकाका टुटेफुटेका सम्पूर्ण ताला चाबी फेरि रंग लगाउने काम गरिएको थियो ।

‘भवन निकै खर्चिलो छ एकै पटक सम्पूर्ण काम सक्ने अवस्था छैन् विस्तारै विस्तारै मर्मत गर्दै जाने दूतावासको योजना छ’ आरनले नेपालब्रिटेन डट कमलाई भने ।

वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी नियक्ती भए देखि दूतावास भवनको मर्मतको कामलाई तिब्रता दिएको थियो । दूतावासका पुराना फर्निचर समेत ‘रिप्लेस’ 
गरिएको छ ।

बुधवार बिहान नेपालको भिसा लिन दूतावास पुगेका सेवाग्राही कृष्ण लुईटेलले दूतावासले दिएको सेवाप्रति प्रसन्नता प्रकट गरे ।

‘निकै छिटो काम हुन्छ भन्ने सुनेको थिए आज आफैं आएर हेरे, निकै राम्रो सेवा रहेछ मेरो काम बन्न १ घण्टा पनि लागेन्’ लुईटेलले भने । उनले नेपालीले गर्व गर्न लायक नेपाली दूतावास भवन मर्मत हुन लागेको देखेर खुशि व्यक्त गरे ।

दूतावासको कन्सुर सेवालाई वान डे (एकै दिन) सर्भिस सुरुआता गरेको दूतावासले भौतिक संरचनालाई समेत बलियो बनाउन लागेको हो ।

यसअघि दूतावास भवन मर्मतको लागि खर्चिलो भन्दै बिक्री गर्ने प्रयास भए पनि दूतावासको नेतृत्व डा. सुवेदीले लिए पछि भवन बिक्रीको चर्चा सेलाएको थियो ।

सन् १८६५ मा निर्मित १२ ए नम्बरको उक्त भवनको बजार भाउ करिब एकसय ८० मिलियन पाउण्ड पर्ने बताइन्छ ।