२९ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युकेको १५ औं स्थापना दिवस मनाउन अध्यक्ष कुमार पन्त बेलायत आउने

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७६, बुधबार २०:५९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) युकेको भोलि (विहीवार) हुने १५ औं वार्षिकोत्सवमा सहभागी हुन संघका अध्यक्ष कुमार पन्त वेलायत आउने भएका छन् ।

गैरआवासीय नेपाली संघ युकेका अनुसार पन्तले अल्डरशटमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्ने भएका हुन् ।

गैरआवासीय नेपाली संघको जननि देशको रुपमा परिचित वेलायतको स्थापना दिवसलाई संघले निकै महत्वका साथ लिएको वताइन्छ ।

संघका महासचिव डा. हेम राज शर्मा लगायत केन्द्रीय नेताहरुको समेत उपस्थितमा हुने सो कार्यक्रममा उपस्थित भैदिन संघकी अध्यक्ष पुनम गुरुङले आब्हान गरेकी छन् ।

समारोहमा नवनियुक्त सल्लाहकारहरु, पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रण गरेर सम्मान गर्न लागिएको कार्यक्रम अध्यक्ष पुनम गुरुङले बताइन् ।

संघका संस्थापक मध्यका एक तथा कार्यक्रम संयोजक रामशरण सिमखडाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

सिमखडा संघको अभियानमा लगायत १५ वर्ष सकृय मध्यका एक संस्थापक भएकाले स्थापना दिवस तयारीको लागि गैरआवासीय नेपाली संघ युकेले उनलाई संयोजक तोकेको थियो । सिमखडा वेलायतका एक प्रभावशाली समाजसेवीका रुपमा स्थापित छन् ।

कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, वेलायतस्थित नेपाली दूतावासका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको उपस्थिती रहने संघले जनाएको छ ।