२९ बैशाख २०८१, शनिबार
Follow Us

मिर्गौलाले राम्रो काम गरिरहेको चिकित्सकको भनाइ

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार ०४:३३

काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र पिसाव पनि भइरहेको बताइएको छ । अवस्था स्थिर रहेमा प्रधानमन्त्री ओलीलाई आज कालो चियासहितका तरल पदार्थ खुवाउने तयारी गरिएको छ ।

केही साताको उपचार र आराम पछि उनी पुनः काममा फर्कन सक्ने चिकित्सकहरुको भनाइ छ । यद्यपि प्रत्यारोपणको केहि सातासम्म संक्रमणको जोखिम उच्च रहने भएकाले प्रधानमन्त्री ओलीले संक्रमणबाट बच्न आवश्यक रहको चिकित्सकहरुले बताएका छन् ।