बागलुङ । नेपाली कांग्रेस, बागलुङ क्षेत्र नं. २ ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि युवा नेता देवेन्द्रकुमार घर्ती मगरको नाम पनि सिफारिस गरेको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा चुनावका लागि नेता मगरको नाम सिफारिस भएको हो । मगर महाधिवेशन प्रतिनिधि हुन् ।
क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षी अन्य नेताहरूको नाम पनि सिफारिस भएको छ । सबैको नाम क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाएको छ ।