३० बैशाख २०८१, आईतवार
Follow Us

एनआरएन अध्यक्ष कुमार पन्त बेलायतमा

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७६, बिहीबार ११:३४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्त वेलायत आएका छन् । पन्त गैरआवासीय नेपाली संघ युकेको आज साँझ हुने १५ औं वार्षिकोत्सवमा सहभागी वेलायत आएका हुन् ।

पन्त लण्डनस्थित सिटी विमानस्थलमा उत्रिदा उनको स्वागतको लागि गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो ।

वेलायत मेरो लागि दोस्रो घर जस्तै हो यहाँ आउँदा निकै शुखी लाग्छ पन्तले नेपालब्रिटेन डट कमलाई प्रतिक्रिया दिए । उनले साँझ हुने कार्यक्रममा वेलायतस्थित नेपाली समुदायसंग भेटघाट हुने अपेक्षा राखेका छन् ।

पन्तको स्वागतको लागि गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, एनआरएनए युके अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराई, आइसीसी सदस्य रामशरण सिमखडा विमानस्थल पुगेका थिए ।

पन्तले अल्डरशटको एमपायर हलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको जननि देशको रुपमा परिचित वेलायतको स्थापना दिवसलाई संघले निकै महत्वका साथ लिएको वताइन्छ ।

संघका महासचिव डा. हेम राज शर्मा लगायत केन्द्रीय नेताहरुको समेत उपस्थितमा हुने सो कार्यक्रममा उपस्थित भैदिन संघकी अध्यक्ष पुनम गुरुङले आब्हान गरेकी छन् ।

समारोहमा नवनियुक्त सल्लाहकारहरु, पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रण गरेर सम्मान गर्न लागिएको कार्यक्रम अध्यक्ष पुनम गुरुङले बताइन् ।

संघका संस्थापक मध्यका एक तथा कार्यक्रम संयोजक रामशरण सिमखडाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

सिमखडा संघको अभियानमा लगायत १५ वर्ष सकृय मध्यका एक संस्थापक भएकाले स्थापना दिवस तयारीको लागि गैरआवासीय नेपाली संघ युकेले उनलाई संयोजक तोकेको थियो । सिमखडा वेलायतका एक प्रभावशाली समाजसेवीका रुपमा स्थापित छन् ।

कार्यक्रममा वेलायतस्थित नेपाली दूतावास, बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, वेलायतस्थित नेपाली दूतावासका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको उपस्थिती रहने संघले जनाएको छ ।