२९ बैशाख २०८१, शनिबार
Follow Us

साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७६, शनिबार ०५:०७

रियाद । साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । साउदी युवराज मोहम्मद बिन सलमानको निर्देशनमा राजाका भाइसहित तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।

राजपरिवारका उच्च सदस्यहरुलाई शुक्रबार बिहान पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले उल्लेख गरेका छन् । पक्राउ गर्नुको कारण खुलाइएको छैन । सन् २०१७ मा पनि धेरै राजपरिवारका सदस्यलाई युवराजको निर्देशनमा बन्धक बनाइएको थियो । उनी साउदी अरेबियाका सुधारवादी युवराज मानिन्छन् ।