२९ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपाबीच एकता गर्ने सहमति, तीन जना अध्यक्ष रहने

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७६, शनिबार १९:५६

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन् । राजधानीको लाजिम्पाटमा थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा सहमति जुटी एकतासम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् । यस्तै निर्देशन समिति, केन्द्रीय कार्यासम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो हुनेछ भने यससम्बन्धी व्यवस्थापन केन्द्रीय सचिवालयले गर्नेछ ।

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुनेछ भने पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ ।