३० बैशाख २०८१, आईतवार
Follow Us

कोरोनाका कारण एनआरएनए महिला फोरमको नारी दिवसको कार्यक्रम स्थगित

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७६, शनिबार २०:३५

लण्डन । गैर अबासीय नेपाली संघ बेल्जियमले हरेक बर्ष मनाउदै आएको र यस् बर्ष पनि बिबिध कार्यक्रम गरी मनाउने तयारी गरेको मार्च आठको अन्तररास्ट्रीय नारी दिवसको कार्यक्रम बेल्जियममा पनि दिन प्रतिदिन कोरोना भाईरसको प्रकोप बढी रहेकोले रद्द गरेको छ ।

संघले एक बिज्ञप्ती जारी गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भए पनि अप्रिय घटनाको कारण बन्नु नपरोस भनी कार्यक्रम रद्द गरेको बताएको छ ।

संघकी महिला सन्योजक सुशिला खतिवडाले प्रबासका दिदीबहिनीहरुका बारेमा जागरण र आगामी कार्ययोजनाका बारेमा छलफल जानकारी हुने गरी आशाबादी भएर तयारी गरेको कार्यक्रम अन्तिम समयमा स्थगित गर्नु परेकोमा दुस्ख प्रकट गर्नु भएको छ ।

संघका अध्यक्ष चित्र सुबेदी र महासचिब तिर्थ धमलाले जारी गरेको बिज्ञप्तिमा भिडभाडमा न रहन र सभा समारोहहरु पनि केही समयलाई आयोजना नगर्न् सचेत गर्दै कार्यक्रम रद्द गरिएको बताउनु भएको छ ।