३० बैशाख २०८१, आईतवार
Follow Us

१३ औं एनआरएनए युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन अगष्ट पहिलोसाता हुने

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७६, शनिबार २२:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन अगष्ट महिनामा हुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप उपसंयोजक कृष्ण तिमल्सीनाका अनुसार ८ र ९ अगष्टमा आयरल्याण्डको डब्लीनमा उक्त क्षेत्रीय बैठकको आयोजना हुन लागेको हो । बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । सम्मेलन डब्लीनस्थित -याडिशन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारे पछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए ।
संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो । संघको यो नियमित बैठक हो ।