३० बैशाख २०८१, आईतवार
Follow Us

लन्डनमा हुने सुदूरपश्चिमेलि भेला स्थगित

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार २३:३२

लन्डन । लन्डनमा हुने सुदूरपश्चिमेलि वार्षिक भेला स्थगित भएको छ ।
संस्थाका उपाध्यक्ष खेमराज जोशीका अनुसार आउँदो अप्रिल ४ तारिखका दिन आयोजना गरिएको प्रथम वार्सिकोत्सव तथा नंया वर्ष २०७७ को कार्यक्रम कोरोना संक्रमणका कारण अर्को सूचना प्रकाशन नहुने बेला सम्मको लागि स्थगित गरिएको हो ।

कोरोना संक्रमण सकिए पछि यसअघि तय भएको कार्यक्रमको अर्को मितितय गरिने जोशीले जानकारी दिए ।
भेलामा आमन्त्रित सबैमा परेको असुविधाको लागि सुदूरपश्चिमेलि समाज युकेले दुःख व्यक्त गरेको छ ।