२२ बैशाख २०८१, शनिबार
Follow Us

साहित्यकार भण्डारीको निधन

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७६, शनिबार १२:५७

काठमाडौं । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारमा रहनुभएका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान ११:३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गर्नुभएका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित हुनुहुन्थ्यो । विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्नु हुन्थ्यो । उहाँ निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा चिनिनुहुन्थ्यो ।

उहाँका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उहाँ प्रवचन दिने गर्नुहुन्थ्यो । पुख्र्याैलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्नुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।