२४ बैशाख २०८१, सोमबार
Follow Us

राज्यमन्त्रीको सपथ बुधबार

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७३, मंगलवार १३:३२

काठमाडौं । नेपाली कांग्रेसले राज्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दस जनाको नाम बुझाएको छ । सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पार्टीले सिफारिस गरेका राज्य मन्त्रीको सूचि प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् । कांग्रेसले दीर्घसिंह भाटलाई भौतिक योजना, सीताराम मेहेतालाई वन, तारामान गुरुङलाई स्वास्थ्य, सुवर्ण ज्वारचनलाई सहरी विकास र सुरेन्द्र आचार्यलाई सिँचाइ राज्यमन्त्री बनाउन सिफारिस गरेको हो ।
त्यस्तै, इन्द्र बानियाँलाई पर्यटन, दिलीप गच्छदारलाई श्रम, दीपक खड्कालाई खानेपानी तथा सरसफाइ, कञ्चनचन्द्र बादेलाई उद्योग र मीठु मल्ललाई वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी दिन भनिएको छ ।
भाट, मल्ल, ज्वारचन, मेहता र गच्छदार संस्थापन तथा खड्का, आचार्य र बादे पौडेल पक्षीय हुन् । खुमबहादुर खड्का समूहबाट बानियाँ र कृष्ण सिटौला पक्षबाट गुरुङ परेका छन् । प्रधानमन्त्री दाहालले उनीहरुलाई राज्यमन्त्री नियुक्त गरी भोलि पद तथा गोपनियताको सपथ गराउने तयारी गरेको बताइन्छ । दस राज्यमन्त्री थपिएपछि दाहाल नेतृत्वको मन्त्रिपरिषद ४१ सदस्यीय हुने छ ।