२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रेस काउन्सिल सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त बोहरा र न्यौपानेलाई

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७३, मंगलवार १३:४७

काठमाडौं । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय कर्ण बोहरा र सञ्जय न्यौपानेलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।
प्रेस काउन्सिल नेपालले पाँच लाख रुपैयाँ राशि रहेको राष्ट्रिय पत्रकारिता पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो ।
कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेल्धुरा संवाददाताका रुपमा पत्रकारिता सुरु गर्नुभएका स्व कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोस्ट र राष्ट्रिय तहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिकलगायत सञ्चारमाध्यममा आबद्घ हुनुभयो ।
पछिल्लो समयमा उहाँ महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौँबाट प्रसारित न्युज २४ टिभीको सुदूर–पश्चिम ब्युरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुवै मिर्गौला खराब भई उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मङ्सिर १० गते काठमाडौँमा निधन भएको थियो ।
यस्तै, स्व सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखका रुपमा कार्यरत रहनुभयो । त्यसपछि उहाँको आर्थिक क्षेत्रको पहिलो ‘ब्रोडसिट’ कारोबार दैनिकमा सम्पादकका रुपमा रहनुभयो ।