२२ आश्विन २०८२, बुधबार
Follow Us

स्कटल्याण्डमा ब्यवसायी कमला श्रेष्ठले समस्यामा परेका बिद्यार्थीहरुलाई सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७६, शुक्रबार १९:२०

लण्डन । स्कटल्याण्डस्थित नेपाली व्यवसायी कमला श्रेष्ठले समस्यामा परेका बिद्यार्थीहरुलाई सहयोग गर्ने भएकी छन् ।

स्कटल्याण्ड नेपलिज एसोशियसन, एडिनबरा तथा नेपाल स्कटल्याण्ड स्पोस्र्ट क्लबमा आबद्ध समाजसेवी, गायिका तथा रेष्टुरेन्ट व्यवसायी कमल (कोमल) श्रेष्ठले २ जना नेपाली विद्यार्थीको १ महिनाको घर भाडा तथा खानाको जिम्मा लिने घोषणा गरेका हुन् ।

नेपालबाट आएर एडिनबरा नापियर युनिभर्सिटिमा अध्ययनरत चेत सुनुवारले श्रेष्ठको सहयोगप्रति आभारव्यक्त गरेकी छन् ।
‘श्रेष्ठको सहयोगले घरभाडा र खानाको बन्दोबस्त गरिदिनु भएर हामीले ठुलो राहत महशुस गरेका छौं’ सुनवारले बताइन् ।

बिगतमा पनि समस्यामा परेका स्कटल्याण्डमा रहेका नेपालीहरुका लागि पनि सहयोगी हात अगाडी बढाएका कमला श्रेष्ठले गत अक्टोबरमा नेपालमा पनि बिभिन्न च्यारिटीमा संलग्न भएका थिए। यसै बीच कोरोनाको संक्रमण रोक्न

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले क्याफेहरू, पबहरू, बारहरू, रेष्टुरेन्टहरू र जिमहरू आज रातीबाट बन्द गर्न आदेश दिएका छन ।
प्रधानमन्त्रीले क्लब, मनोरञ्जन केन्द्र र थिएटरहरूले पनि ढोका बन्द गर्नुपर्ने बताए ।

धेरै पढिएको