३१ बैशाख २०८१, सोमबार
Follow Us

नेपाल लगायत १० देशलाई सहयोग गर्ने अलिबाबाको घोषणा

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ११:२४

काठमाडौं । विश्वप्रसिद्ध इ–कमर्श कम्पनी अलिबाबाले नेपालमा कोरोना भाइरस रोकथामका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । अलिबाबाका अध्यक्ष ज्याक माले आज सामाजिक सञ्जालमार्फत नेपाल लगायतका मुलुकलाई मास्क, टेस्ट किट लगायतका सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनका अनुसार ति सामाग्री छिटो माध्यमवाट सबन्धित देशलाई उपलब्ध गराइनेछन् । अलिबाबाले नेपाल लागतयका देशलाई अठार लाख मास्क, २ लाख दश हजार टेस्ट किट र ३६ हजार उपचारमा सग्लन चिकित्सकले लगाउने पोशक उपलब्ध गराउने घोषणा गरेको हो ।

यी सामग्री नेपाल सहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकाले पाउने अलिबाबाले जानकारी दिएको छ । अलिबाबाले यसअघि अमेरिका र युरोपका देशहरुलाई पनि सहयोग उपलब्ध गराएको थियो ।