२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेपत्ता वृद्ध चार दिनपछि मृत फेला

sarusaru
४ बैशाख २०७७, बिहीबार ०६:३५

धनकुटा — तमोर नदीमा नुहाउनेक्रममा बेपत्ता धनकुटाको साँगुरीगढी गाउँपालिका ८ का एक वृद्ध चार दिनपछि मृत फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय ६० वर्षीय देवकुमार राई साथीसँग नुहाउनेक्रममा गत शुक्रबार बेपत्ता भएका थिए ।

उनको लास घटनास्थलबाट करिब एक किलोमिटर दूरीमा रहेको साँगुरीगढी ९ को घुमाउनेमा स्थानीयले फेला पारेका थिए ।

नदीमा तैरिरहेको अवस्थामा राई मृत फेला परेको प्रहरीको भनाइ छ । जिल्ला अस्पतालमा पोस्टमार्टमपछि लास परिवारजनलाई जिम्मा लगाइएको छ ।

कान्तिपुर