१४ असार २०८१, बिहीबार
Follow Us

७ वर्षीया छोरीको हत्या आरोपमा बाबु पक्राउ

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७७, सोमबार ०७:०१

वीरगञ्ज । पर्साको वीरगञ्जबाट सात वर्षकी छोरीको हत्या गरी आत्महत्या भनेर बनावटी घटना बनाउने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका एक छपकैया निवासी २९ वर्षका संजय सरार्फ रहेका छन् ।

सरार्फले गत चैत ११ गते ७ वर्षिया छोरी अंशू कुमारी सरार्फको घाटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि घटनालाई आत्महत्या देखाउन सलको पासो लगाइ झुण्डाएको प्रहरीको भनाइ छ । पक्राउ परेका सरार्फलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।