१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दजंग गुरुङको युकेमा निधन

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७७, मंगलवार २०:१७

लण्डन । पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दज‌ंग गुरुङको सोमबार बेलायतमा निधन भएको छ । तत्कालीन लमजुङको ताङतिङ गाउँमा जन्मेका गुरुङको ८७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको उनका नातेदार तथा लण्डन बार्नेट बरो काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले जानकारी दिए । गुरुङ २०२१ सालमा तत्कालिन लमजुङ जिल्लाबाट राष्ट्रिय पन्चायतको सदस्य निर्वाचित भएका थिए ।

ताङतिङ गाउँ पहिले लमजुङमा पर्थ्यो र २०३२ सालदेखि कास्कीमा गाभिएको हो । उनी नेपाल भूतपूर्व सैनिक स‌ंघ नेसाका महासचिव छन् ।

उनको श्रीमती, चार छोरी र एक छोरा रहेका छन् । उनका छोरा तर्कजंग पनि समाजसेवामा सक्रिय छन् ।