१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कास्कीका ४९ वर्षीय विजय गुरुङको कोरोना संक्रमणबाट बेलायतमा निधन

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७७, मंगलवार २०:५४

लण्डन । बेलायतको रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

रेडिङको ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ उनको निधन भएको बताएको छ । गुरुङलाई श्वाप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केहि दिन उनलाई ‘भेन्टिलेटर’मा समेत राखिएको पारिवारिक स्रोतले जनायो ।

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङको पछिल्लो समय पोखराको सैनिक बस्तीमा समेत घर थियो । हंककंग हुँदै बेलायत आएका उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र एकमात्र छोरा छन् ।