८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा दुई जनामा कोरोनाबिरुद्धको भ्याक्सिन परिक्षण

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७७, बिहीबार १८:०३

लण्डन । कोरोना भाइरसको उपचारका अनेक उपाय खोजी भइरहँदा बेलायतमा दुईजना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ ।

बिबिसीका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिन दिइएको हो । अक्सफोर्डमा नै तयार पारिएको उक्त भ्याक्सिन पहिलो पटक स्वयंसेवकलाई दिइएको हो । बेलायतमा परीक्षणको रुपमा भ्याक्सिन दिएको पनि बताइएको छ ।

साथै निकट भविष्यमै थप ८ सय जनालाई भ्याक्सिन दिइने बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बेलायतमा पनि फैलिन थालेपछि तीन महिनामा उक्त भ्याक्सिन तयार पारेको बताइएको छ ।