७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा कोरोनाका कारणले ज्यान गुमाउने नेपालीको संख्या २२ पुग्यो

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७७, बिहीबार १९:२३

लण्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण वेलायतमा मात्र २२ नेपालीले ज्यान गुमाएका छन् ।

नेपाली दूतावास लण्डनका अनुसार विहीवार थप दुई नेपालीले ज्यान गुमाए पछि कोरोना भाइरसका कारणबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको हो ।

नेपाली दूतवास लण्डनमा प्रवक्ता शरदराज आरनले कोरोना भाइरसका कारणले निधन हुने नेपालीहरुको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

आरनले नेपाली समुदायलाई आफ्नो स्वास्थ्यप्रति चनाखो हुन आग्रह गर्दै वेलायत सरकारले दिएको स्वास्थ्य सम्वन्धी गाइडलाइन पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।

आजै मात्र वेलायतको रेगिङ्ग शहरमा बस्ने झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रअ हंसराज लिङ्देनको स्थानीय एक अस्पतालमा निधन भएको थियो ।