२१ बैशाख २०८१, शुक्रबार
Follow Us

भियतनाम युद्धमा भन्दा बढी अमेरिकामा कोरोनाले मानिसको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७७, बुधबार ०३:००

लन्डन । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ३५ हजारभन्दा बढी भएको छ । विश्वभर संक्रमितमध्ये करिब एक तिहाई संक्रमण अमेरिकामा देखिएको हो । अमेरिकामा ५९ हजार २ सयभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ । मृतकको संख्या भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको संख्या भन्दा धेरै हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो संख्यया देखिएको बताएका छन् । उनले विस्तारै संक्रमितको संख्या शून्यमा झर्ने बताए । उता अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मास्क नलाई अमेरिकाको एक ठूलो अस्पतालको भ्रमण गरेका छन् ।

आगन्तुकहरुले अनिवार्य रुपमा मास्कसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री लगाउनु पर्ने नियम तोडेर उनले मिनेसोटामा रहेको मायो क्लिनियक भ्रमण गरेका हुन् ।

मास्क नलगाएको विषयमा प्रश्न उठेपछि पेन्सले आफु बरिपरी रहेकाले नियमित रुपमा कोरोना भाइरसको परीक्षण गरेको र उनीहरु संक्रमित नरहेको आफूलाई थाहा रहेको प्रतिक्रिया दिएका छन् ।

उपराष्ट्रपति पेन्सले महामारी सुरु भएयता सार्वजनिक स्थानमा जाँदा एकपटक पनि मास्क लगाएका छैनन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले मास्क लगाउने कुनै योजना नरहेको बताउँदै आएका छन् ।